एनआरएनए पोल्यान्ड को विधान संशोधन समिति गठन
- NRNA Poland
- Jan 31, 2022
- 1 min read
एनआरएनए पोल्यान्ड को विधान संशोधन समिति गठन भएको छ। १३ सेप्टेम्बर २०२१ तारिक बसेको एनआरएनए पोल्यान्ड को कार्यसमितिको बैठकले विधान संशोधन को लागि डा. उदयदेव आचार्य को संयोजकत्वमा ६ सदस्यीय विधान संशोधन समिति गठन गरेको छ।

साथै ४ जना सल्लाहाकार पनि समाहित गरिएको छ, सल्लाहाकार हरुमा डा. बोधराज सुवेदी, गोपाल राई, नरेश सापकोटा, मित्रालाल पार्दे रहेका छन। भने सदस्यहरुमा आनन्द घिमिरे, डा. अलिनी पोखरेल सुवेदी, रिता न्यौपाने, भिमलाल उपाध्याय (बिदुर), विकास दोङ रहेका छन। अबको २ महिना भित्रमा विधान संशोधन गरी ड्राफ्ट पेस गर्नु हुने छ, र त्यसलाई पूर्ण रूप दिइने छ। पुरानो विधान हामीले अङ्ग्रेजी भाषामा पहिले नै Facebook मा प्रकाशन गरेका छौ।
Comments