एनआरएनए पोल्यान्डले युक्रेनमा रहेका धेरै नेपाली लाई सहयोग गर्दै
- NRNA Poland
- Feb 26, 2022
- 1 min read
हामीले हाम्रो Facebook पेज बाट सूचना सम्प्रेषण गरेसँगै युक्रेन मा रहनु भएका धेरै नेपाली सम्पर्कमा आउनुभएको छ, र आउन खोज्ने धेरै लाई सही सूचना र जानकारी दिएका छौ। अहिले सम्म उहाँहरू समक्ष पुग्न सकेका छौ र निम्न तथ्याङ्क संकलन भएको छ ।

हाम्रो एउटा अनुरोध जो युक्रेन देखि पोल्यान्ड आउँदै हुनुहुन्छ- आफूसँग भएको पासपोर्ट र अन्य महत्वपूर्ण डकुमेन्ट आफूसँग सुरक्षित राख्नु होला।
धेरैजनाको जिज्ञासा यो रह्यो - आउँदा की कतै बोर्डर गार्डले भेटेर डिपोर्ट गर्ने होकी? यसको सही उत्तर हो गर्दैन। बोर्डर गार्ड अफिस मा रजिस्टर गरेर आउने हरु पोल्यान्डमा ९० दिन सम्म लिगल रहने छन्, त्यसैले ढुक्क भई रजिस्टर गराउनु होला, कुनै सहयोग चाइएममा क्याम्पमा सहयोग अपील पनि गर्न सक्नु हुन्छ। पोल्यान्ड आइसकेपछि दायाँ बायाँ नलागी पोल्यान्ड सरकार ले व्यवस्था गरेको क्याम मा नै बस्न हामी विनम्र अनुरोध गर्दछौ।
हामीले यसरी सहयोग पहल गरिरहँदा सरकारको तर्फबाट केही नहुनु, नेपाली दुतावास बर्लिन र एनआरएनए केन्द्रबाट सहकार्य नहुनु दुखद छ, उहाँ हरुको सहयोग र सहकार्य भयमा अझ प्रभावकारी ढंग बाट काम गर्न सकिन्थ्यो यद्दपी हामी हामीले सकेको सहयोग को लागि सधैं तयार रहेको जानकारी गराउन चाहन्छौं। यहाँहरुले यस पोस्टलाई सेयर गरी सहयोग गर्न सक्नु हुनेछ।
Comments