युक्रेनमा रहनुभएका नेपाली हरुलाई सम्पर्कमा भई रहन एनआरएनए को अनुरोध
- NRNA Poland
- Feb 24, 2022
- 1 min read
हालै रसिया र युक्रेन बीच चलिरहेको द्वन्द का कारण उत्पन्न हुन सक्ने स्थितिलाई मध्येनजरमा राख्दै एनआरएनए केन्द्रले सबैलाई सम्पर्कमा आउन आहवान गरेको छ।

साथै अस्ति मात्र जर्मन स्थित नेपाली दुतावास ले पनि सम्पर्कमा आउन आह्वान गरेको थियो। अब आउन सक्ने स्थितिको लागि नेपाली हरुलाई सहयोग गर्न एनआरएनए केन्द्र, एनआरएनए पोल्यान्ड साथै नेपाली दुतावास तयारी गरिरहेका छन्,।
यसै सम्बन्धमा परराष्ट्र मन्त्रालयले पनि सूचना जारी गरेको छ।

यो सूचना पढ्नुहुने कसैको युक्रेनदेखि कोही सम्पर्कमा आउनु भएको छ, अथवा कसैलाई केही सहयोग चाइएमा एनआरएनए पोल्यान्ड लाई सिधै सम्पर्क गरेर जानकारी गराउन सक्नुहुने छ।
सम्पर्क: +48794711602, 517850823
Comments